महिला र पुरुष फुटबलरको सुविधा बराबर गर्ने देश ब्राजिल

221

एजेन्सी – ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ ।

ब्राजिलले अन्तराष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीकाे दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने भएकाे हाे । संघका अध्यक्ष रोजरिया काबोकोले यसबर्षको मार्चबाट निर्णय कार्यान्वयनमा आएको बताएका छन् ।

‘यो बर्षको मार्चबाट पुरुष तथा महिला फुटबलको दैनिक भत्ता तथा पुरस्कारमा समान मुल्य बनाइएको छ ।’ उनले भनेका छन् ।

‘राष्ट्रिय टिममा रहँदा खेलाडीले समान रुपमा कमाई गर्नेछन् । पुरुषले प्राप्त गर्ने रकम सरहनै महिलाले समेत प्राप्त गर्नेछन् ।’ उनले थपे ।

अध्यक्ष काबोकेले संघले गरेको निर्णय अन्तराष्ट्रिय प्रतियोगिताहरु विश्वकप र ओलम्पिकमा समेत लागू हुने बताएका छन् ।

‘कुनै लैङ्गिक विभेद हुने छैन । ब्राजिली फुटबल संघले महिला तथा पुरुषलाई बराबरी रुपमा मान्नेछ ।’ उनले भने ।

‘अर्को बर्ष ओलम्पिकमा जित हासिल गरेपनि उनीहरुसंग त्यही हुनेछ, जो पुरुषहरुले पाउनेछन् ।’ उनले थपे ।

अष्ट्रिया, नर्वे तथा न्युजिल्याण्ड सहितका धेरै देशले महिला तथा पुरुष खेलाडीलाई समान तलब सुविधा उपलब्ध गराउँदै आएका छन् ।

ब्राजिली महिला टिमले मार्चयता खेलेको छैन । कोरोना भाईरसको महामारीका कारण अन्तराष्ट्रिय प्रतियोगिता स्थगित हुँदा राष्ट्रिय टिमले कुनै प्रतिस्पर्धा गर्न पाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here