चितवनमा संक्रमित ४० वर्षीया महिलाकाे मृत्यु

48

चितवन-चितवन मेडिकल कलेजमा उपचाररत काेराेना संक्रमित एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ की ४० वर्षीया महिला छन् ।

अस्पतालका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। भदौ १० गते कोरोना संक्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै जिल्लामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का १/१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here