अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खस्दा ३७ जना घाइते

20

हेटौँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।

नारायणगढबाट जनकपुरका लागि आएको ना ६ ख ९८०४ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो।

बस दुर्घटनामा घाइते भएकामध्ये १० जनाको चुरे हिल अस्पतालमा र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

गौतमका अनुसार बस चालक भने सम्पर्कमा छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here