काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्न सवारी चालक अनिल महर्जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नागढुङ्गामा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३ ख ३१०१ नम्बरको माइक्रोबसका चालक नागार्जुन सितापाईलाका महर्जन पक्राउ परेका हुन् ।

















