शुक्रबार थपिए ४६४ कोरोना संक्रमित : उपत्यका १०६ संक्रमित

75

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमित भएका छन् ।  देशका विभिन्न प्रयोगशालामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

काठमाडौं उपत्यकामा १०६ कोरोना संक्रमित थपिएकाे मध्ये हालसम्मकै उच्च हो। काठमाडौंमा मात्र ९२, ललितपुरमा १०  र भक्तपुरमा ४ जना संक्रमित देखिएका छन्।  हालसम्म ७० जना संक्रमितको मृत्यु भएको छ।

याे सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ। साथै  ४२५ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here