सल्यान/ कृषि पर्यटनको प्रवद्र्धन तथा लोपोन्मुख संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कपुरकोट सांस्कृतीक फेस्टीबल अन्तर्गत शनिबार भोलिबाट दोहोरी गित प्रतियोगीता शुरु हुँदैछ । कार्यक्रमको तयारि पुरा भएको आयोजक रेडियो कपुरकोट र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानले जानकारी दिएका छन् । कपुरकोटमा सञ्चालन हुने सांस्कृतीक फेस्टीबलमा लोपोन्मुख सोरठी र पैसरु नृत्य सम्मेलन पनि हुन लागेको रेडियो कपुरकोटका कार्यकारि प्रमुख सन्तोष जिएमले जानकारी दिए ।
शनिबार र आइतबार २ दिन सम्म चल्ने कपुरकोट सांस्कृतीक फेस्टीबलमा सामुदायीक रेडियो तथा विभिन्न जिल्लाका दोहोरी गित प्रतिष्ठानका समूहहरुको विचमा दोहोरी गित प्रतियोगीता हुने प्रतिष्ठान सल्यानका अध्यक्ष यम थापाले जनाए । उनका अनुसार प्रथम, द्धितीय र तृतीय हुने समूहले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
दोहोरी गित प्रतियोगीतामा विभिन्न जिल्लाका १२ भन्दा बढि समूहले सहभागीता जनाउने छन् । यस्तै कार्यक्रममा ८ भन्दा बढि सोरठी र पैसरु समूहको नृत्य प्रस्तुत हुने थापाले जनाए । प्रत्येक नृत्यलाइ प्रोसाहन स्वरुप पाँच पाँच हजार र सम्मानणपत्र प्रदान गरिने उनले जानकारि दिएका छन् । यसैविच कार्यक्रमको शनिबार विहान ११ बजे उद्घाटन हुने आयोजकले जानकारी दिएका छन् ।


















