सालकको छाला सहितको खपटासहित दुई व्यक्ति पक्राउ

377

काठमाडौं/  हिजो बिहिबार बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा (आखेटोपहार) ओसार पसार गरी खरिद बिक्री गर्न भनि बोकी ल्याएको अवस्थामा सालकको खपटा सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

रामेछाप दोरम्बा गाँउपालिका वडा नं २ बस्ने बर्ष १९ को देवराज श्रेष्ठ साथै दोलखा सैलुंग गाँउपालिका वडा नं१ बस्ने बर्ष २८ को ज्ञान बहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा बुझाईएको अनुसन्धान ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here