पानीमा अवतरण गर्न सक्ने विमान

135

चीन / चीनले पानीमा ल्याण्ड गर्न सक्ने घरेलु विमान बनाएको छ ।

हुवेई प्रान्तको जिगंमेनमा एजी ६०० कुगंलोगं नाम दिईएको ठूलो विमान अवतरण गराईएको चीनीया समाचार संस्था सिनहुवाले जनाएको छ ।

विज्ञान र प्रविधि एवं विकासको क्षेत्रमा चमत्कार गर्दै गईरहेको चीनले बनाएको जहाज पानी तथा जमिन दुवै ठाँउमा आवस्यकता अनुसार ल्याण्ड गर्न सकिने अधिकारीहरुले जनाएका छन् ।

झाओ सेगं उक्त विमानका क्याप्टेन रहेका थिए । बोईगं ७३७ बराबरको उक्त विमानमा चार वटा ईन्जिन रहेको छ।

यसले ५३ दशमलव ५ टन सम्मको भार सहित अवतरण गर्न सक्ने छ । समुन्द्री छालको प्रतिरोधका लागि भी आकारको संरचना बनाईएको र २ मिटर सम्मको छाललाई जहाजले थेग्न सक्ने छ ।

जंगलमा आगो लाग्दा उद्धारमा प्रयोग गर्न सकिने यो विमानले एक पटकमा १२ टन पानी बोक्न सक्ने छ । यसले ५० जना यात्रु समेत बोक्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here