सार्वजानिक स्थलमा स्तनपान कक्ष

240

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ ।

चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको उक्त मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा आरपी विच्छाले जानकारी दिनभयो ।

महाशाखाले देशका विभिन्न ३० वटा स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री अस्पतालका रुपमा विकसित गर्ने कार्य समेत अगाडि वढाएको छ ।

टेकुस्थित स्वास्थ्य सेवा विभागको भवनमा स्तनपान कक्ष स्थापना भैसकेको छ । यस अघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा समेत स्तनपान कक्ष बनाइएका थिए ।

अर्कोतर्फ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’ मा सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान छ । संविधानको मौलिक हक कार्यान्वयन गर्न संसदले सो सो ऐन बनाई जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here