भारतीय प्रधानमन्त्रीद्वारा नेपाली गायिकाको स्वरको प्रशंसा

126

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली गायिका सरस्वती खत्रीको आवाजको प्रशंसा गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, गान्धीजी को प्रिय भजन “वैष्णव जन” सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको छ । “पीर पराई जाने रे” भजनले भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ । मोदीले नेपाली भाषामै ट्वीट गर्दै गायिका खत्रीको स्वरको प्रशंसा गरेका हुन् । खत्रीले महात्मा गान्धीको १५० औ जन्मजयन्तीका अवसरमा काठमाडौको राष्ट्रियसभा गृहमा उक्त भजन गायकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here