काठमाडौं / नेपाली रेडियोले भारतविरोधी प्रचार गरेका कारण भारतले प्रशारणमा रोक लगाएको छ ।
भारतले नेपाली रेडियोबाट सीमा सुरक्षामा खतरा देखिएको भन्दै प्रशारणमा रोक लगाएको हो।
नेपालसँग सीमा जोडिएका उत्तराखण्ड, उत्तर प्रदेश, बिहारका केही जिल्लामा स्थानीय केबल अपरेटरले नेपाली रेडियो प्रशारण गर्दै आएका केही रेडियोले नेपाली गीतका साथै भारतसँगको सीमा विवाद, भारतीय सुरक्षा बलको ज्यादति, विगतमा भएको माओवादी जनयुद्धसम्बन्धी विभिन्न सामग्री प्रशारण गर्दै आएका कारण नेपाली रेडियो प्रशारणमा रोक लगाइएको उक्त अखबारमा उल्लेख छ ।
भारतको दैनिक अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार उत्तराखण्ड, उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका नेपाली क्षेत्रमा प्रहरीले केबल अपरेटरलाई त्यस्ता रेडियो प्रशारण बन्द गराउन निर्देशन दिएको हो ।


















