राष्ट्रपति भण्डारी सोमबार कतार जादैँ

108
Presedent Bidya Devi Bhandari. Photo: President's Office

काठमाडौं /  यही सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी कतार जानुहुने भएको छ ।

राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुने भ्रमण कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा हुन लागेको हो ।

भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गरेको जनाइएको छ ।

राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नु हुनेछ ।

‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कतारस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ साथै सोही दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ ।

उहाँ यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here