आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

224

काठमाडौं / आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गोरखपत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टलाई अख्तियारी पनि प्रदान गर्दै मलेसियासँग श्रम सम्झौता गर्ने निर्णय गरेको छ ।

सोमबारदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणलाई पनि बैठकले  स्वीकृत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here