पाकिस्तान / पाकिस्तानले आफ्नो देशमा सबै भारतीय टेलिभिजन च्यानलहरुको प्रशारणमा रोक लगाएको छ ।
केही समय पहिला पाकिस्तानको उच्च अदालतले भारतीय टेलिभिजन च्यानल बन्द गर्न दिएको निर्देशन सदर गरेको हो ।
भारतीयहरुले भारत हुँदै पाकिस्तान जाने नदीमा ड्याम बनाएको र जवाफमा सबै भारतीय टेलिभिजन च्यानलहरु बन्द गरिएको पाकिस्तानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सकिब निसरले जानकारी दिएका छन् ।
भारतीयहरुले ड्याम अस्त्रको रुपमा प्रयोग गर्न खोजेको पाकिस्तानले आरोप लगाएका छन् ।
भारतीय टेलिभिजन च्यानल र फिल्महरु पाकिस्तानमा चर्चित रहेका छन् तर पाकिस्तानले बढ्दो तनावकाबीच टेलिभिजन च्यानल र फिल्महरुमा प्रतिबन्ध गरेको छ ।
भारतले पाकिस्तानको त्यस्तो आरोप अस्विकार गरेको छ । पाकिस्तानको ८० प्रतिशतभन्दा बढी भू–भागमा भारत हुँदै पाकिस्तान जाने नदीको पानीबाट सिंचाइ गर्ने गरिन्छ ।
भारत–पाकिस्तान युद्धका कारण पाकिस्तानले सन् १९६५ मा सबैभन्दा पहिले भारतीय फिल्महरुमा प्रतिबन्ध लगाएको थियो ।


















