काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सातैवटा प्रदेशका प्रमुख पदमुक्त गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नामहरू सिफारिस गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको हो । उनीहरूका लागि प्रदेश भने सरकारले नै तोक्ने नेकपा महासचिव विष्णुपौडेलले सञ्चारकर्मीमाझ भने ।
अमिक शेरचन
सोमनाथ प्यासी
तिलक परियार
विष्णु प्रसाईं
धर्मनाथ यादव
शर्मिला त्रिपाठी
गोविन्द कलौनी

















