काठमाडौं / स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधीकारी पत्नी विद्या भट्टराई विद्यार्थी हुँदा अनेरास्वीयुको सचिव रहेकी थिइन्। भट्टराई दुई वर्ष महिला विभाग प्रमुख पद पनि सम्हालेकी थिइन्।
राजनीतिमा महिलाहरु किन निरन्तर हुन सक्दैन ? नेतृत्वमा महिला किन आँउदैनन भन्ने कुरामा महिला नेतृत्वको कुरा गरिरहँदा भट्टराईले नेतृत्वतहमा महिला किन आउँदैनन्बारे आफ्नो धारणा व्यक्त गरेकी छिन् ।
राजनीति भित्र मुख्य दुईटा समस्या देख्ने गरेको पाइन्छ । आन्दोलन गरिरहँदा सबै सामाजिक विषयवस्तुलाई बिथोल्न जाने हो । आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिहरु हासिल गरेको हुन्छ । त्यो उपलब्धिहरुबाट हामीले नीति बनाउने बेलामा फेरि हामी सामाजिक अवरोधहरु फेरि देख्छौं । जुन अवरोध हटिसकेको तर हामी त्यहीबाट हाम्रो छलफल सुररु गछौं ।
संविधानमा लेखिएको अनुसार कुनै विभेद छैन भनेपछि त्यही कुरालाई टेकेर नीति निर्माण गनुपर्छ । संविधानमा टेकेर हाम्रो छलफल सुरु गरेर सामाजिक अफ्ठयाराहरुको समाधान गनुप¥यो ।
राजनीतिमा महिला किन चाहिन्छ भन्ने कुरामा राजनीतिक दलहरुको भिजिनमै त्यो कुराको स्पष्टता नै छैन ।
विद्यार्थी आन्दोलनले गर्दा विद्यार्थी आन्दोलनले आकर्षित गर्दा आन्दोलनबाट नेतृत्वतहमा पुगे । विवाह पश्चात त्यही आन्दोलन पृष्ठभूमिबाट विवाह भएपछि आन्दोलन राजनीति अर्थतन्त्र र परिवार र अर्थतन्त्र पनि जोडिएको थियो ।
राजनीतिमा परिवार भित्रबाट सहज वातावरण गर्नुपर्ने हुन्छ । परिवारमा अदृश्य रुपमा रहेको सोच हुन्छ । परिवारमा परिवार व्यवस्थापन गर्दै राजनीतिमा लाग्नुपर्ने माहोलको सृजना आफै उत्पन्न हुने गर्दछ । राजनीतिमा परिवार व्यवस्थापन गर्दै राजनीतिमा क्रियाशील रहोस् भन्ने पारिवारिक माहोलको सोचाइ रहेको हुन्छ । जसले महिला नेतृत्वतहमा आँउदैनन ।















