नेपालमा मान्छेमा पनि बर्ड फ्लू देखियो ! एक युवकको मृत्यु

248

काठमाडौं / नेपालमा एक जना व्यक्तिको ‘बर्ड फ्लू’ (एच फाइब एन वान) का कारण मृत्यु भएको छ । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो।

नेपालमा बर्ड फ्लूबाट कागहरु भटाभट मर्न थालेको खबर आएपनि पहिलो पटक मानिसको मृत्यु बर्ड फ्लूबाट भएको पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अप्रत्यासित घटना भएको संज्ञा दिइन्।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमूनाको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आएको थियो। नमूनामा बर्ड फ्लू ९एच फाइब एन वान० भएको उल्लेख थियो।

त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। घटनाको जानकारी गराउन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here