काठमाडौं- हिजोको तुलनामा छापावाल सुनको मुल्य आज घटेको छ ।
हिजो तोलामा ५९ हजार ६ सयमा कारोबार भएको सुन आज भने ५९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।


















