नेसन्स लिग फुटबलमा इटाली, बेल्जियमकाे जीत

38

एजेन्सी । नेसन्स लिग फुटबलमा इटालीले फ्रान्सलाई ३-१ ले पराजित गरेको छ। त्यस्तै शुक्रबार रातिनै भएको अर्को खेलमा बेल्जियमले इजरायललाई ३-१ लेनै हरायो।

फ्रान्सले खेलमा पहिलो मिनेटमै अग्रता लिएको थियो। जियोभान्नी डि लोरेन्जोको ब्याक पासमा ब्राडली बारकोलाले पहिलो मिनेटमै गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर ३०औं मिनेटमा सान्ड्रो टोनालीको पासमा फेडेरिको डिमार्कोले हेडरमार्फत गोल गर्दै इटालीलाई बराबरीमा ल्याए।

पहिलो हाफको पाँच मिनेटपछि डेभिड फ्रेटेसीले इटालीलाई २-१ को अग्रता दिलाए। ७४ औं मिनेटमा जियाकोमो रासपाडोरीले गोल गप्दै इटालीलाई सहज जित दिलाएका हुन्।

बेल्जियमको जितमा भने केभिन डि ब्रुएनाले २ गोल गर्दा अर्को एक गोल युरी टीलिमन्सले गरेका थिए। पहिलो हाफमा २ गोल गरेको बेल्जियमले थप एक गोल दोस्रो हाफको सुरुवातमै गरेको थियो। इजरायलका लागि टिम्थी कस्टेलले आत्माघाती गोल गर्दा पहिलो हाफमा १ गोल फर्केको थियो।

नेसन्स लिगअन्तर्गत नै भएको अन्य खेलमा रोमानियाले कोसोभोलाई ३-० ले हराउँदा आइसल्यान्डले मोन्टेनेग्रोलाई २-० ले हरायो। त्यस्तै वेल्स र टर्कीले गोलरहित बराबरीमा रोकिँदा नर्वे र काजिकिस्तानपनि गोलरहित बराबरी भएको छ। त्यस्तै साइप्रसले लिथुएनियालाई १-० ले हरायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here