कर्णालीमा पहिलो दीक्षान्त समारोह स्थगित

35

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनेर तय भएको पहिलो दीक्षान्त समारोह स्थगित भएको छ।

प्रतिष्ठानले प्राविधिक कारण प्रथम दिक्षान्त समारोह तथा भवन शिलान्यास कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले दीक्षान्त समारोह आगामी कात्तिक २८ गते हुने गरी नयाँ मिति तय भएको जनाएका छन् ।

आज हुने भनिएको दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी ओली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल जुम्ला आउने कार्यक्रम थियो।

‘प्रतिष्ठानले मिति २०८१ भाद्र २३ गतेको लागि आयोजना गरेको दीक्षान्त समारोह, सभा तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम विशेष प्राविधिक कारणवस स्थगित गरिएको छ। साथै मिति २०८१ कात्तिक २८ गते बुधवारका दिन सो कार्यक्रम गरिने व्यहोरा जानकारी गराउँदछौं। यसबाट पर्न गएको असुविधा प्रति प्रतिष्ठान परिवार क्षमाप्रार्थी छ,’ प्रतिष्ठानद्वारा जारी सूचनामा जनाइएकाे छ।

स्थापनाको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको थियो। प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन्।

दीक्षान्त स्थगित भएपनि पूर्व सूचना अनुरुपको आँखा उपचार केन्द्रको उद्घाटन तथा विश्व स्वास्थ्य संगठनबाट प्राप्त इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम हस्तान्तरण कार्यक्रम भने हुने सूचनामा उल्लेख छ।

kahs-1st-convo-1725764313-1725774287.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here