घाइते बक्सर रिङबाट बाहिरिनासाथ गयो ज्यान

148

एजेन्सी / रुसका बक्सर म्याक्सिम डाडसेभको बक्सिङ रिङबाट बाहिरिनासाथ ज्यान गएको छ। शुक्रबार सब्रियल म्याटिससँग म्याक्सिमले आइबीएफ लाइट–वेल्टरवेटमा प्रतिस्पर्धा गरिरहेका थिए। एघारौं राउन्डमा घाइते भएका म्याक्सिमलाई रिङबाट बाहिर निकालिएको थियो। तर रिङबाट बाहिरिनासाथ उनको ज्यान गएको बीबीसीले जनाएको छ।

२८ वर्षीय म्याक्सिमको यस प्रतिस्पर्धा व्यावसायिक १४ औं खेल थियो। यस अगाडिमा १३ खेलमा उनले लगातार जित हात पारेका थिए। म्याक्सिमको शिरमा घाउ देखिएको, चोट दिमागसम्म पुगेको पाइएको छ। यसकारण घटना रहस्यपूर्ण भएकाले यसमा अनुसन्धान हुने रसियन बक्सिङ फेडेरेसनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here