धर्म परिवर्तन गराउन खोज्ने, तीन विदेशी नागरिक पक्राउ

360

कास्की /  पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट क्रिश्‍चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै हिँडिरहेका ३ जना विदेशी नागरिकहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जापानी ३७ बर्षीय जिरो सेकिया तथा ३७ बर्षीय रेइको सेकिया र कोरियाका ७३ बर्षिय छो यूस्याङ रहेका छन् । उनीहरुको साथबाट बाईबल तथा धर्मसँग सम्बन्धित पर्चा पम्पलेट समेत प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here