कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड रुपियाँ विनियोजनसमेत गरिसकेको छ । कम्पनीले मूल्य बढ्ने देखेर गत वर्षभन्दा १० प्रतिशत बढी रकम विनियोजन गरेको छ ।
कोभिडका कारण गत वर्ष कम्पनीले च्याङ्ग्रा भने ल्याउन सकेको थिएन । तर अहिले प्राथमिकतामा राखेर खरिदका लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिए ।


















