उपत्यकामा लकडाउन खुकुलाे सवारी साधन दिउँसो २ बजेपछि चलाउन पाइने

235

काठमाडौं, १७ भदौ। काठमाडौं उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम रहने छ

आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले अत्यावश्यक वस्तुहरुमा खाद्यवस्तु, दूध, फलफूल तरकारी आदि विहान ११ बजेसम्म विक्री गर्न पाउने व्यबस्था गरेको छ ।
त्यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री पसल तथा सवारी साधन दिउँसो २ बजे देखि राती ९ बजे सम्म सञ्चालन गर्न पाउने छन् ।

साथै पीसीआर नेगेटिभ आएकाले टेकअवे सेवा तथा होम डेलिभरी सेवा पनि सञ्चलन गर्न पाउने छन् । सरकारले भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कामय गरिएकोमा पुनः सात दिनलाई थप गरी आज राती १२ बजे सम्मका लागि कायम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here