बुटवल- बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारी भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको मोटरसाइकलमा सवार भण्डारीलाई बुटवलबाटै पश्चिमतर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएको हो ।
दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
















