टेबुल टेनिसमा स्यान्टुको पुनरागमन

47

काठमाडाैं / टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका छन् । गत असोज ९ र १० गते सागका लागि भएको अन्तिम छनोट प्रतियोगितामा स्यान्टु मोटरसाइकल दुर्घटना परेर सहभागी हुन वञ्चित भएका थिए । स्यान्टु असोज ८ गते मोटरसाइकल दुर्घटनामा परेका थिए ।

अन्तिम छनोटमा सहभागी हुन नपाए पनि अखिल नेपाल टेबल टेनिस संघले डाक्टरले ‘साग’अगावै खेल्न ‘फिट’ ठहराएको खण्डमा स्यान्टुलाई शीर्ष ५ मा छनोट हुने खेलाडीसँग पुनः छनोट खेल्न मौका दिने प्रावधान राखेको थियो ।

त्यही प्रावधानअनुरुप स्यान्टुले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनिल महर्जनसँग प्रतिस्पर्धा गरेका थिए । त्यस प्रतिस्पर्धामा स्यान्टु ११–२, ११–८ र ११–४ को सोझो सेटमा विजयी हुँदै छनोट भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here