तर, कारोबार रकम भने सवा सात अर्बमा खुम्चिएको छ। नेप्सेमा आज सात अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका दुई करोड नाै लाख ७४ हजार ३७७ कित्ता सेयर ८२ हजार ५५ पटक खरिद-बिक्री भएका थिए। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले बढेर ५२९.४१ विन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार सेञ्चुरी कमर्सियल बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९६ प्रतिशतका दरले कमाएका छन्। गोर्खा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ४.३७ प्रतिशतका दरले गुमाएका छन्।
आज नेसनल हाइड्रोपावर कम्पनीका सेयर सबैभन्दा धेरै ४० करोड ७० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सानीमा इक्युटी फण्डका सबैभन्दा धेरै ४४ लाख १२ हजार ८२० कित्ता र नेसनल हाइड्रोपावर कम्पनीका सेयर सबैभन्दा धेरै तीन हजार ६९६ पटक किनबेच भएका थिए।
आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमाबाहेक बाँकी सबै समूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।

















