सिन्दुरे रोगले गहुँबालीमा क्षति

707

बैतडी । गहुँमा सिन्दुरे रोगले क्षति पुगेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको गहुँमा सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार–२ को घमालीमा करिब ६ हेक्टर क्षेत्रफलमा लगाइएको गहुँमा सिन्दुरे रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले जानकारी दिनुभयो ।

यस्तै, पाटन–६ मा पनि सिन्दुरे रोगको प्रकोप देखा परेको नगरपालिकाका कृषि शाखाका प्रमुख महेश अवस्थीले जानकारी दिनुभयो । गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबालीमा क्षति पुगेको छ । पाटनको पनि ६ हेक्टर बढी क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिन्दुरे रोगको प्रकोप देखा परेको छ । बैतडीमा २० हजार ९०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ । जसमध्ये १० हजार ५०० हेक्टर क्षेत्रफलमा मात्रै सिंचाइ सुविधा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here