स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री अस्पताल भर्ना

108

काठमाडौ, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई सोमबार सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

केही दिन देखि ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएकोमा स्वाथ्यमा सुधार नभएपछि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमाा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएको जनाइएको छ । हाल उनको मुटुरोग विशेषज्ञको निगरानीमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here