दुई लाख रुपैयाँ घुससहित नापी सर्वेक्षक पक्राउ

221

सिरहा /अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सिरहाको लहानस्थित नापी कार्यालयका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।

मगंलबार चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। आयोगबाट खटिएका टोली प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमसागर के।सी।ले लहान नगरपालिकामा रहेको एक बिघा तीन कठ्ठा जग्गा भुलवश श्रेस्तामा एक कठ्ठा तीन धुर उल्लेख भएको सच्याउने काममा सेवाग्राहीसँग सर्वेक्षक चौधरीले पाँच लाख रुपैयाँ मागेका थिए । नापी सर्वेक्षक चौधरीले श्रेस्तामा सच्याई दिने शर्तमा पहिलो किस्तावापत् दुई लाख रुपैयाँ लिएका थिए ।

एक वर्षदेखि उक्त रकमका लागि सेवाग्राहीसँग चौधरीले बार्गेनिङ्ग गर्दै आएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले सुनाए। सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिएको उपरीक्षक जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here