साना चार कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा

67

काठमाडौं । साना चार कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार साना कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका हुन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका हुन्। मोर्चाको नाम समाजवादी, देशभक्त मोर्चा हुने बताइएको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वाधिनताको नेतृत्व गर्ने बताए। उनले देश गोलचक्करमा फसिरहेको भन्दै देशलाई अग्रमनको मार्गमा लाने प्रयत्न गरिने बताए।

मोर्चाले केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिमा अध्यक्ष मण्डल रहने जनाइएको छ। अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार मोर्चाको केन्द्रीय, प्रदेश र जिल्ला संगठन हुनेछ। केन्द्रीय समितिमा १५देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म रहने उनले बताए।

मोर्चाले राष्ट्रिय स्वाधिनतासम्बन्धी, वैज्ञानिक समाजवाद तथा जनवाद सम्बन्धी, जनजीविका सम्बन्धी र विभिन्न संघर्षका कार्यक्रम गर्ने उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here