विखण्डनकारीको नागरिकता खारेज गर्नुपर्ने कांग्रेस नेता भण्डारीको माग

230

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भण्डारीले भने,’संसारमा यति अराजक र भ्रष्ट कहीँ पनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।’

नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुन नसकेको भण्डारीको तर्क थियो । ‘नेतामा लगाव भएन । राष्ट्रवादी नेता कोही पनि छैनन् । सफल हुनका लागि ऋषि धमलामाजस्तो ईच्छाशक्ति र मिहिनेत हुनुपर्छ ।’ भण्डारीले भने ।

नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काममात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here