काठमाडौं / नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली लागि कार्यकर्ता मारिएको विरोधमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले सर्लाहीमा बुधबार विरोध प्रदर्शन गर्ने भएको छ ।
मंगलबार सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली लागि रामनगर गाउँपालिका–४ बौर्हवाका काँग्रेस कार्यकर्ता रामविलाश महतोको मृत्यु भएको थियो।
मृतकलाई शहिद घोषणा गर्न माग गर्दै पार्टी उपसभापति नीधि तथा प्रवक्ता विश्वप्रकाश शर्मासहितको उपस्थितीमा काँग्रेसले सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन गर्न लागेको हो ।
आज पार्टी उपसभापति विमलेन्द्र निधी श्रद्धान्जली दिन सर्लाही जाने कायक्रम छ । प्रवक्ता शर्मा भने हिजै घटनास्थल पुगिसकेका छन् । पार्टी प्रवक्ता शर्माका अनुसार महत्तोको आजै अन्तिम संस्कार गर्ने कार्यक्रम समेत रहेको छ ।


















