मुडेसहित प्रदेश ३ मा १० हिल स्टेशन निर्माण हुने

410

सिन्धुपाल्चोक / आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले सिन्धुपाल्चोक र दोलखाको सीमास्थल मुडेमा  हिल स्टेशन निर्माण हुने भएको छ ।  मुडे काठमाडौं नजिकै हिमपात पर्ने करिब ३ हजार मिटर उचाइमा रहेको पर्यटकीयस्थल हो ।

नेपालको पर्यटकीय स्थललाई प्रचार प्रसार गर्ने र त्यसमार्फत आर्थिक उपार्जन गर्नै उदेश्यले प्रदेश ३ सरकारले नेपालमा नै पहिलो पटक पहाडी क्षेत्रहरुमा हिल स्टेशन निर्माण गर्न लागेको छ । प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा पहाडी क्षेत्रका हिल स्टेशन निर्माण गर्न सुरु गरेको हो ।

सरकारले मुडेसहित प्रदेश ३ भित्रका विभिन्न १० स्टेशनमा यो वर्षदेखि हिल स्टेशन निर्माण गरी आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्न यस्तो योजना ल्याएको हो ।

प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातवरण मन्त्रालयले सिन्धुपाल्चोक र दोलखाको सीमा मुडेलगायत प्रदेश ३ का १० स्थानमा पर्यटकहरुलाई आकर्षण गर्नका लागि हिल स्टेशन निर्माण गर्न लागेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले सञ्चार माध्यमलाई जानकारी दिए ।

मुडे बाहेक जिरी, सोम्दाङग, रुबी भ्याली, चित्लाङग, कुलेखानी, शिवालय, सिन्धुलीगढी, चिम्टेश्वर र ककनीलाई हिल स्टेशनको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा मन्त्रालयबाट बजेट विनीयोजन गरेको मन्त्री नेपालले जानकारी दिए ।

हिल स्टेशनमार्फत हिमाली क्षेत्रको अवलोकन, हिउँ खेल्न, निजी क्षेत्रलाई सहभागिता गराएर रिसोर्ट सञ्चालन गर्नै लगायतका गतिविधि हुने मन्त्री नेपालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here