ऋषि कट्टेल
भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका माहासचिव सीताराम यचुरी केही दिन नेपाल बसे । किन होला ? यसले राजनीतिक क्षेत्रमा खासै तरंग पैदा त गरेन । चर्चा भने निकै भयो । अझै चियापानमा उनै स्वागतमा बसेपछि त यी दुईपार्टीको भिन्नता छुटयाउनै हम्मे प¥यो । नेपालमा एकथरि चिन्तन कस्तो छ भने कांग्रेस वा भाजपाका मान्छे आए भने भारतले हस्तक्षेप ग¥यो भन्ने हल्ला चल्छ तर कम्युनिष्टका मान्छेका बारेमा भने त्यति हल्ला हुँदैन । ०६२/६३ को आन्दोलनमा १२ बुँदेलाई भारतीय हस्तक्षेप मान्नेहरूसमेत नेपालको आन्दोलनलाई सहयोग गर्न क.हरकिशन सुरजितको नेतृत्वमा बनेको सहयोग समितिको चर्चा कमै गर्दछन् । यचुरीको त्यसबेला पनि वाक्लै आवतजावत थियो । स्मरणीय के छ भने भाकपा पनि नेपाल नीतिमा भा का भन्दा खासै भिन्न नीति राख्दैन ।
दुई राज्यमा सरकार गुमाए पनि भाकपा भारतको तेस्रो ठूलो राजनीतिक शक्ति हो । यदि उसले दृढतापूर्वक नेपालमा भारतीय शासकहरूले गरिरहेको थिचोमिचोविरुद्ध सशक्त आवाज उठाउने हो भने भारतीय शासक वर्ग सोच्न बाध्य हुन्छ । तर उसको भूमिका त्यस्तो देखिदैन । यतिमात्र हैन भाकपा माओवादी भारतमा सशस्त्र संघर्ष चलाइरहेको छ । भाकपा त्यो संघर्षलाई सही दिशा दिन प्रयत्न गर्नुको साटो दमनकारी सत्तासँगकै सामीप्यता देखाइरहेको छ र भारतीय कम्युनिष्ट आन्दोलनलाई संसदवादमा पतन गराउने भूमिका खेलिरहेको छ । जहाँसम्म उनको यो भ्रमणको सवाल छ यति ठूलो पार्टीको महासचिव कुनै ठोस एजेण्डा बेगर नै नेपाल आएर डुलिरहेका होलान् त ? के यचुरी केवल सत्तारुढ दलको चियापानको लागि मात्र आएका हुन् त ? अथवा चुनाव हारेको भाकपा चुनाव जितेको पार्टीसँग ज्ञान लिन आएका हुन् ? भारतीय हस्तक्षेपबाट आजित नेपाली जनमतले यचुरीको अपारदर्शी बसाईलाई रहस्यात्मक भने ठानेको छ । उनको मिसनबारे अहिले राजनीतिक बजारमा चलेको टिप्पणीको छोटो चर्चा आजको प्रस्तुतिमा ।
उनी सरकारी पार्टीको निमन्त्रणामा आएका अरे । त्यही सरकारी पार्टीका ख अध्यक्ष एकाएक भारतीय सरकारी पार्टी भाजपाको मुख्य संचालक राष्ट्रिय स्वयंसेवक संघको निमन्त्रणामा एकदिवसीय भ्रमणमा भारत पुगे । एउटा एनजिओले आयोजना गरेको विचार गोष्ठीमा सहभागी हुन गएको भनी प्रचार गरियो । स्मरणीय के छ भने आगामी वर्ष भारतमा निर्वाचन हुँदैछ । मोदीको मोर्चा एनडिए र कांग्रेस समेतको मोर्चा युपिएको बीच प्रतिस्पर्धाको स्थिति छ । भाकपा मोदी विरोधी मोर्चामा छ । नेपालको सत्तारुढ दलले मोदी विरोधी मोर्चाको एक मुख्य घटक भाकपालाई चियापानमा बोलाउने र महासचिव जस्तो व्यक्ति धर्ना दिएर बस्नुले भारतीय सत्तारुढ पार्टी झस्किनु स्वाभाविकै हो । दाहालको भारत भ्रमण पनि यसैसँग जोडिएकोमा शंका गर्नु परेन । जहाँसम्म नेपालको सत्तारुढ दलको प्रश्न छ यस घटनाले यसको नीतिगत टाट पल्टाईको पर्दाफास गरेकोछ । एकातिर उ आफुलाई कम्युनिष्ट भन्दछ र सामन्य पर्वमा भारतको कम्युनिष्ट पार्टीलाई निम्ता गर्दछ भने अर्कोतिर रास्वसं जस्तो दक्षिणपन्थी शक्तिसँग अनुनयविनय गर्न पुग्दछ ।
यचुरी आउनुकोे मुख्य उदेश्य मा (१) सत्तारुढ दलमा विकास भएको अन्तरविरोध हल गर्न मध्यस्थता गर्नु (२) नेपालको सत्तारुढ दललाई मोदी निकट बन्नबाट रोक्नु र (३) आगामी निर्वाचनमा नेपाली शासकहरूको समर्थन जुटाउनु । स्मरणीय के छ भने विगत केही वर्षदेखि भारतीय राजनीतिक दलहरूले भारतमा रहने नेपालीहरू र नेपाली मुलका भारतीयहरूको भारतीय निर्वाचनमा अहं भूमिका रहन्छ भन्ने महसुस गरेका छन् । त्यसैका लागि मोदी पटक–पटक नेपाल आइरहेछन् । राहुल गान्धीको केही समयअघिको भ्रमणको उद्देश्य पनि सारतः त्यही थियो । यचुरीको भ्रमण पनि यसैसँग जोडिएको छैन भन्न सक्ने अवस्था छैन । हाम्रा सत्तासीनहरू भने पुरानो मालिक र नयाँ मालिकको चेपुवामा परेर सासै जाला कि जस्तो भएका छन् । केकुरा प्रष्ट छ भने १२ बुँदे सम्झौता युपिएले गराएको थियो ।
एनडिए त्यसमा सन्तुष्ट थिएन । त्यसैले उसले आफु सरकारमा आए पछी पुराना मालिक का पुराना नोकरहरूको नियुक्तिपत्र नविकरण गर्न चाह्यो । केही ढिलासुस्ती भएपछि देशले नाकाबन्दीको सास्ती व्यहोर्नु प¥यो । नियुक्तिपत्र नवीकरण गरेर राष्ट्रवादको नक्कली प्वाँखले सिगारिएको काग अहिले नेपालको सरकारमा छ । पुराना मालिकहरू यिनीहरूसँग सशंकित भएका छन् । आगामी वर्ष भारतमा निर्वाचन हुँदैछ । यस्तो बेला भएको यचुरीको भ्रमण निश्चय नै पुरानै नियुक्तिपत्र नवीकरण गर्न दवाव दिन हो भन्नेमा शंका छैन भने हठात दहालको भारत भ्रमण मोदी क्याम्पवाट आफु बाहिर नभएको विश्वास दिलाउन थियो भन्ने पनि प्रष्टै छ । जनधारणा साप्ताहिक
















