राष्ट्रिय परिचयपत्र कार्तिकपछि सिंहदरबार र पाँचथरमा वितरण हुने

1075

काठमाडौं / कार्तिक पछि पाँचथर र सिंहदबारबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्रका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित सिंहदरबारका १ हजार कर्मचारीको बायोमेट्रिक विवरण संकलन गरिसकेको राष्ट्रिय परिचयपत्र वितरण केन्द्रले जनाएको छ ।

हालसम्म पाँचथरमा ४९ हजार १ सय १६ जनाको बायोमेट्रिक अर्थात हातको छापसहितको विवरण संकलन भइसकेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशीले सञ्चार माध्यमलाई जनाएका छन् ।

राष्ट्रिय परिचयपत्र परियोजनाको पहिलो परिक्षण चरणमा पाँचथर र सिंहदरबारमा कार्यरत कर्मचारीहरुलाई वितरण गर्न लागिएको हो । पाँचथरमा १ लाख १० हजार राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य लिइएको छ भने ७ हजार सिंहदरबारका कर्मचारी गरी १ लाख १७ हजार जनालाई पहिलो चरणमा वितरण गर्ने लक्ष्य लिइएको केन्द्रका निर्देशक जोशीले जानकारी दिए ।

निर्देशक जोशीले भने–‘राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भूमिसुधार मन्त्रालय लगायतका कार्यरत पदाधिकारी तथा कर्मचारीको बायोमेट्रिक सहितको विवरण लिने काम सकिएको छ । सिंहदरबारका ५ हजार कर्मचारीहरुको विवरण पनि लिइसकिएको छ ।’

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित यो परियोजना अन्र्तगत राष्ट्रिय परिचय पत्र छाप्नका लागि सिंहदरबारभित्रै प्रशोधन केन्द्रको स्थापना गरिएको छ । आंकडा भण्डार, आंकडा सुरक्षा प्रणाली र आंकडा प्रशोधन केन्द्र स्थापना गरिएको छ । यसको ठेक्का पाएको फ्रान्सेली कम्पनी आइडिमियाले काम गरिरहेको छ । कम्पनीले कार्तिकभित्र कार्ड छाप्न शुरु गर्ने गरी काम गरिरहेको छ ।

नोभेम्बर १ भित्र कम्पनीले कार्ड छाप्न परिक्षण गर्ने र उनीहरु सफल भएपछि पाँचथर र सिंहदरबारको ५० हजार कार्ड छापेर वितरणको तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here