बलिउड अभिनेत्रीहरुको विवाहको मौषम चलिरहेको छ । सोनम कपुरले बिहे गरिसकिन् । अनुष्का शर्माले पनि विवाह गरिन् । प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । यस्तैमा अरु बलिउड हिरोइनहरु भने आफ्नो मन मिल्ने जोडी खोज्ने तयारीमा छन् ।
जीवनसाथी खोज्ने र रोज्ने विषयमा कुरा चलिरहँदा बलिउड अभिनेत्री सोनाक्षीकोले जीवनसाथीको विषयलाई लिएर एक अन्तर्वार्तामा केही खुलासा गरेकी छिन् । लाइफ स्टाइल म्यागजिनले सोधेको थियो, ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’
उनले भनिन्, ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’ साथै उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि जनाएकी छिन् ।
फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्नुप¥यो भने ? भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशन मनपर्ने जनाएकी छिन् । आफू विवाहका लागि ऋतिकसँग राजी भएको उनको धारणा थियो ।


















