सूचना अनुसार २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म तोकिएको सबै प्रकृया पुरा गरी पुनर्जागरण (नवीकरण) गराएमा पुनर्जागरण गर्दा लाग्ने ब्याजमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तो छुट अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
तर सन् २०२२ मा परिपक्व हुने बीमालेखहरुमा भने यस्तो छुट लागू नहुने कम्पनीको भनाइ छ । यस्तै, एक पटक ब्याज छुट लिइसकेका बीमितहरुले समेत यस्तो छुट नपाउने सूचनामा उल्लेख छ ।


















