उडेको १३ मिनेटभित्रै दुर्घटनाग्रस्त इन्डोनेसियाको विमान छैठौँ दिनमा भेटियो

294

इन्डोनेसिया / इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै दुर्घटनाग्रस्त इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानको खोजीमा संलग्न गोताखोरको समूहले उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको जनाएका छन् ।

विमान दुर्घटना भएको छैठौँ दिनमा विमानको मध्य भाग भेटिएको तर उक्त भागलाई पानी बाहिर भने ल्याइ नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले जनाए । उद्धारकर्मीका अनुसार अहिलेसम्म विमानका दुवै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ ।

भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उनको भनाइ छ । जहाजको मध्य भाग आफैंले नभेटेको तर उद्धारमा संलग्न अन्य गोताखोरले भेटेको जनाउँदै उनले भनेका छन्, ‘१–२ दिनमा उक्त भागलाई बाहिर ल्याउने छ ।’

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो। उक्त जहाजमा चालक दलका सदस्यसहित १८८ जना सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here