काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार होइन भनेर सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिप्पणी गरेका छन् ।
मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको छ भने अहिले अनिश्चित भएको खबरहरु आएका छन् ।
सोमबार बिहान नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन विराटनगर गएका प्रचण्डले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले मोदी भ्रमणमा नआउनु ठूलो खबर नभएको जनाए । उनले भने, ‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन ।’


















