काठमाडौं– तिहारमा आम उपभोक्ताले अखाद्य वस्तु उपयोग नगरुन् भन्ने उद्देश्यका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वको टोलीले काठमाडौंको मिठाई पसलको अनुगमन गरेको छ ।
मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेका २ वटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले थापाथलीस्थित आँगन मिठाई पसल र कमलादीस्थित बिगबेल स्विट्समा सचिव जिसी नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा ती दुवै पसलको सबै मिठाईको परिक्षण गरी गुणस्तरमा सुधार ल्याउन सचेत गराइएको छ । दुवै मिठाई पसलमा गुणस्तर सुधार गर्न सचेत गराइएको सचिव जिसीले जानकारी दिए ।

















