रुपन्देही / तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसी भैलोमा रेकर्डेड गीत बजाउन प्रतिबन्ध लगाएको छ ।
देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारवाही गरिने देवदह नगरप्रमुख हीरा केसीले सञ्चार माध्यमलाई जनाए ।
नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ । देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ ।


















