काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले सरकार गतिविहीन बन्नु रहस्यमय भएको जनाएका छन् ।
केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अपेक्षा अनुरुप काम गर्न नसकेको जनाए।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको देउसी–भैलो कार्यक्रममा जबराले भने, ‘सरकारले किन काम गर्न नसकेको भनेर अहिलेसम्म मैले बुझेको छैन् । यो कुरा रहस्यमय छ ।’
उनले नेपालको पहिचान नै हिन्दूराष्ट्र भएकोले देशलाई छिट्टै हिन्दूराष्ट्र बनाएरै छोड्ने प्रण गरे । उनले त्यस्तो सामथ्र्य आफूसँग भएको दाबी गर्नसमेत भ्याए । भने, ‘नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग सामथ्र्य पनि छ । र, आँट पनि’, उनले भने ।


















