भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण

27
GOMEL REGION, BELARUS. NOVEMBER 10, 2014. Nodding donkeys at a drilling site in the Rechitskoye oil field operated by Belorusneft. Viktor Drachev/TASS Белоруссия. Гомельская область. 11 ноября. На нефтяном месторождении нефтегазодобывающей компании "Белоруснефть". Виктор Драчев/ТАСС

काठमाडौं  । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण गरेको छ ।

हालै आईईएले जारी गरेको प्रतिवेदनमा सन् २०२७ मा चीनलाई उछिन्दै भारत विश्वकै सबैभन्दा ठूलो तेलको उपभोक्ता बन्ने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतले आफ्नो मागको ८० प्रतिशत आयात गर्दै आएको छ । आर्थिक वर्ष २०२३ मा भारतले १ खर्ब ५७ अर्ब र २०२४ मा १ खर्ब ३२ अर्ब डलर बराबरको कच्चा तेल आयात गरेको थियो । 

आगामी वर्षहरूमा विश्वव्यापी तेलको उत्पादनमा वृद्धि हुने र त्यसका विपरीत विश्वव्यापी मागमा भने कमी आउने आईईएको अनुमान छ । यस्तो हुँदा तेलको आयातकर्ता भारतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here