वडा अध्यक्ष कुशवाहाद्वारा खेलकुद सामाग्री वितरण

41

 

रौतहट । कटहरीया नगरपालिका–४ का विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मबल बढाउन आज खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयमै फुटबल, क्रिकेट, खेलमा आवद्ध खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो। वडा अध्यक्ष चनदन कु कुशवाहले खेलाडीलाई खेलकुद सामग्री वितरण गरेका हुन।

खेलकुद सामग्री वितरण गर्दै वडा अध्यक्ष कुशवाहाले खेलकुदमा क्रियाशील खेलाडीलाई थोरै भए पनि वडा कार्यालय प्रमुख कुशवाहाले सहयोग खेलाडीको हौसला बढाउने कार्य गरेको बताए। वितरण गरिएका सामग्रीमा ब्याट, ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, टेनिस बल, फुटबल , फुटबल, विकेट, क्रिकेट म्याटलगायत रहेको कटहरीया नपा क्रिकेट कोच सन्जिप अधिकारीले बताए।

खेलकुद सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष चन्दन कुमार कुशवाहले वडामा रहेका राष्ट्रिय तथा राष्ट्रियस्तरको खेलकुदमा सहभागिता होस चाहरहेको बताए । सम्मानित हुनेमा वडा सदस्य रामइसवर यादव ,वडा सचिव छोलेलाल मिश्रा ,शिक्षक मिश्रा अचल साही समाजसेबि आश महमद , पत्रकार, खेलाडीहरुको सहभागी रहेको छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here