हराएको सहर हजारौं वर्षपछि भेटियो

252

हजारौँ वर्ष पहिले मध्यअमेरिकी देश होन्डुरसमा एउटा सहर थियो । उक्त समयमा त्यो सबैभन्दा धनी सहर थियो । घना जंगल तथा पहाडको बीचमा लुकेको उक्त सहर निकै चर्चित थियो । किम्वदन्ती अनुसार उक्त सहरका बासिन्दाले सहरका देवता, जसलाई मंकी गड भनिन्थ्यो उनको अपमान गरेछन् । त्यसपछि क्रोधित भएका बाँदर देवताले श्राप दिए । देवताको श्रापका कारण सहर एकै रातमा हरायो ।

इतिहासमा वर्णित यो सहरको खोजी गर्ने प्रयास विगतमा पनि नभएका होइनन् । तर त्यसको पनि रोचक कहानी छ । मानिसहरूका अनुसार उक्त सहरको खोजी गर्न प्रयास गर्ने मानिसमा छालाको रहस्यमय रोग देखा पर्दथ्यो । उक्त रोगमा मानिसको छालालाई किराले खान थाल्थे । तर यो वर्षको सुरुवातमा नेशनल जियोग्राफी च्यानलका डग्लस प्रेस्टनको टोलीले उक्त सहर पत्ता लगाएरै छाड्यो । प्रेस्टनको टोलीले सन् २०१५ देखि नै मध्यअमेरिकाका घना जंगलहरूमा यो सहरको खोजी सुरु गरेका थिए ।

मोस्क्युटा जंगलमा हराइरहँदा प्रेस्टनको टोलीले केही यस्तो देख्यो कि त्यसपछि उनीहरूमा आशाको किरण जन्मियो । जमिनमा मूर्तिहरूका केही संकेत देखिए । अन्ततः त्यहाँ उत्खनन गर्दा प्राचीन सहर रहेको तथ्य फेला प¥यो । त्यहाँ मंकी गडका केही मूर्तिहरू पनि फेला परे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here