मान्छे मात्र नभइ पशुपंक्षी समेत नेत्रहीन बस्ने ठाउँ

114

एजेन्सी  – विश्वको एक स्थान छ जहाँ गाउँका सबै मानिसदेखि पशु पक्षीसम्म नेत्रहीन छन् । आँखा अन्धो भएकै कारण पक्षी उड्न पाएका छैनन्, रुखमा ठोकिएर तल खस्छन् । पशूले आफ्नो खाना तथा सिकार गर्न सक्दैनन् । विश्वको गजबको उक्त गाउँका मानिसहरुको आँखा भएर पनि देख्न पाएका छैनन् । सुन्नमा आश्चर्य र दुःख लाग्ने यो गाउँ अस्तित्वमा नै छ ।

टिल्टेपक नामको यो गाउँमा जोपोटक जनाजातीका मानिसहरु बस्छन् । त्यहाँ जोपोटक जातिका लगभग ३ सय रेड इन्डियनले बसोबास गर्छन् । त्यो गाउँमा बच्चा जन्मदा आँखा देख्छन् तर पछि दृष्टिहीन हुन्छन् ।

टिल्टेपक गाउँ एक सडकको किनारमा अवस्थित छ । जहाँ करीब ७० झुपडीमा कसैको पनि ढोका हुँदैन किनकी उनीहरुलाई उज्यालोको आवश्यकता नै पर्दैन । उनीहरु ढुंगामा सुत्छन् र सेम, बाज र खुर्सानी खाने गर्छन् । यीनीहरुसँग फलामको औजार हुन्छ त्यसैले काम गर्छन् । यी जनाजातीले राती खाना खाएर रक्सी पिएर नाच गान गरेर सुत्छन् । उनीहरुले सबैजना अन्धो हुनुको कारण एक रुख भएको बताएका छन् । उनीहरुको अनुसार त्यो गाउँमा ‘लावजुएजा’ नामको एक रुख छ त्यो रुख देखेपछि सबै मानिस दृष्टिहीन भएका हुन् ।

त्यो गाउँलाई देखेर वैज्ञानिक पनि आकर्षित भएर अनुसन्धान गरिरहेका छन् । तर वैज्ञानिकहरुले रुख नै कारण भएको मानिरहेका छैनन् । उनीहरुले पर्यटकहरुले चाहि रुखलाई हेर्दा किन बिरामी हुन्नन् भनिरहेका छन् ।

वैज्ञानिकहरुले गाउँमा समस्या हुनुको कारण कालो माहुरी भएको अनुमान लगाएका छन् । कालो माहुरीले टोकेर शरीरमा एक किसीमको कीटाणु फैलिएर आँखाको नशा ब्लक गरेकोले आँखा देख्न बन्द भएको पत्ता लागेको छ । एक विशेष प्रकारका कालो माहुरी हुन्छ जो १ इन्चको पाँच भाग बराबर हुन्छ । जसलाई यो माहुरीले टोक्छ तब कीटाणु शरीरमा प्रवेश गरेर केही दिनमा शरीर सुन्निन्छ । विस्तारै–विस्तारै यो कीटाणुले आँखाको दुवै नशालाई अस्त व्यस्त बनाइदिन्छ । जसको कारण तुरुन्त अन्धो हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here