बिहेको दिन हिंस्रक सिंहमा चढ्ने मूूर्खता कसले गथ्र्यो र ? तर पाकिस्तानमा भने बेहुुलालाई सिंहमा चढाएर भव्य बिहे सम्पन्न गरिएको छ । त्यहाँ बेहुलो सिंहमा चढेर जन्ती लिएर बेहुुलीको घर पुुगेका हुन् ।
त्यो कुनै खेलौना सिंह थिएन । सक्कली सिंह नै थियो । जंगली सिंहझैँ रिसाहा पनि थियो । तर त्यो सिंहमा चढेरै बेहुली लिन जाने आँट बेहुलाले गरे । यस्तो आँट गर्नुको प्रमुख कारणचाहिँ के थियो भने त्यो सिंह पिँजडाभित्र थियो ।
शेह इरफान नामका ती युवकको इच्छा शेरमा चढेर बिहे गर्ने थियो । उनका धनाढ्य बाउ शेख हस्मतले छोराको इच्छा पूरा गर्न कुनै कसर बाँकी राखेनन् । उनले चिडियाघरबाट हात्ती मगाएर त्यसलाई पिँजडामा राखे । उक्त पिँजडालाई गाडीमा राखियो र पिँजडामाथि बेहुुला बसे ।

















