राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी सम्मानित

53

काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन्।

बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी एकतीसौं त्रिवेणी कपको समापन कार्यक्रममा भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद २० हजार, दौसल्ला ओढाएर साम्बालाई सम्मान गरे। लमजुङ जिल्लामा जन्मेर जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको क्लबका सचिव प्रविण वाग्लेले बताए।

गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताइन्। यस्ता सम्मानले अझै राम्रो र निरन्तरण खेल्न प्रेरणा मिल्ने उनको भनाइ छ। तत्कालीन सिम्पानी गाविस–७ पामचोकमा हाल मर्स्याङ्दी गाउँपालिका–९ मा जन्मिएकी भण्डारीले यसअघि जिल्लाका विभिन्न ठाउँबाट सम्मान प्राप्न गरेकी छन्।

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गरेकी छन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here