पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य – चन्द्रप्रसाद ढकाल

260

काठमाडौं / आइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य भएको कुरा उल्लेख गर्नुभएको छ ।

चाइना एडभेन्चर टुरिजम फोरमद्वारा आज राजधानीमा आयोजित ‘हिमालयन समीट’ मा मुख्य वक्ताको रुपमाआफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

नेपाल र चीनबीच प्राचीनकालदेखि नै रही आएको ऐतिहासिक र संस्कृतीक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिम प्राप्त शिक्षीत युवा जनशक्ति तयार हुँदै गएको जनाउनुभयो।

काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको जनाउदै माउन्ट एभेरेस्ट, उच्च हिम सृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको जनाउनुभयो ।

यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सबैसंग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहो¥याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो ।

नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा प्रशन्नता व्यक्त गर्दै दुई विशाल छिमेकी मित्र राष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली नीजि क्षेत्र तयार रहेको जानकारी दिनुभयो ।

उक्त सत्रमा चिनीया र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधिसहित करिव एक सय जनाको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here